काठमाडौं । काठमाडौंको कोटेश्वरमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएका ३७ वर्षीय आशा बहादुर नेवार रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका नेवारको उपचारको क्रममा बिएण्डबि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई आज दिउँसो सवा १ बजे ठक्कर दिएको थियो ।
दुबै सवारी साधन सहित बस चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ जेठ २०७९, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते