काठमाडौँ । नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिका-२ ज्यामिरेस्थित बस र ट्रक एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा बस अनियन्त्रित भई दुई वटा सवारी साधनसँग ठोक्किँदा १३ जना घाइते भएका हुन् ।
बुधबार बिहान नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १९१० नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३७५९ नम्बरको अर्को बस र विपरीत दिशाबाट आइरहेको बा.प्र.०३–००१ ख १०४९ नम्बरको ट्रकसँग ठोक्किएर सडकमा पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।
उक्त बसमा सवार ४३ यात्रुमध्ये १३ जना घाइते भएको बताइएको छ ।
घाइते हुनेहरूमा बर्दिया बासगढी नगरपालिका–५ की ३१ वर्षीया चन्द्रकला आचार्य, उनकी ५५ वर्षीया आमा जोमीसरा शर्मा, २० वर्षीय सञ्जिव थारु, ३१ वर्षीया निता थारु, उनकी ६ वर्षीया छोरी अनुशा तथा ३८ वर्षीय हरि दर्लामी मगर रहेका छन् । त्यस्तै, कैलाली टीकापुर नगरपालिका–१ की ४० वर्षीया कमला दमाई, बाँके राप्तीसोनारी गाउँपालिका–५ का ४४ वर्षीय पिमा थारु, कोहलपुर नगरपालिका–११ का २१ वर्षीय केशव शर्मा, सल्यान बनगाड कुपिण्डे नगरपालिका–३ की १९ वर्षीया चेतना पुन मगर, काभ्रे बनेपा नगरपालिका–१२ की २६ वर्षीया मुना भुजेल, तथा कैलाली घोडाघोडी नगरपालिका–१ सुखडकी २८ वर्षीया पूजा चौधरी र उनकी ७ महिनाकी छोरी क्रिसा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ भने अन्यको विनयी त्रिवेणी आधारभूत अस्पताल दुम्किबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ जेठ २०८३, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते