धनुषा । धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
बसमा कुल ३३ जना यात्रु सवार थिए। दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ बैशाख २०८३, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते