चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकामध्ये ६ जना उम्मेदवारले १० भोट पनि ल्याउन नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामले देखाएको छ । आयोगका अनुसार स्वतन्त्र ५ उम्मेदवारले १० मत पनि ल्याउन नसकेका हुन् ।
यस्तै जनमत पार्टीका उम्मेदवारले पनि १० मत ल्याउन सकेनन् । आयोगका तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवारहर सुमन अधिकारीले ८, हरिश्चन्द्र घिमिरेले ३, कुलराज कडेलले ३, रमेशश भण्डारीले २ तथा मिलन अधिकारीले २ मत पाएका छन् । यस्तै जनमत पार्टीका सञ्जयकुमार ठाकुरले ६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार मोहत पाण्डे र नेमकिपाका हरिशरण दुवालले भने १० भोट पाएको तथ्याकले देखाएको छ ।
भरतपुरमा भारी मतान्तरसहित माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भएकी थिइन् । मंगलबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले ५२ हजार २८ मत पाउँदा एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत पाए । यस्तै गठबन्धनको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना