चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकामध्ये ६ जना उम्मेदवारले १० भोट पनि ल्याउन नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामले देखाएको छ । आयोगका अनुसार स्वतन्त्र ५ उम्मेदवारले १० मत पनि ल्याउन नसकेका हुन् ।
यस्तै जनमत पार्टीका उम्मेदवारले पनि १० मत ल्याउन सकेनन् । आयोगका तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवारहर सुमन अधिकारीले ८, हरिश्चन्द्र घिमिरेले ३, कुलराज कडेलले ३, रमेशश भण्डारीले २ तथा मिलन अधिकारीले २ मत पाएका छन् । यस्तै जनमत पार्टीका सञ्जयकुमार ठाकुरले ६ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार मोहत पाण्डे र नेमकिपाका हरिशरण दुवालले भने १० भोट पाएको तथ्याकले देखाएको छ ।
भरतपुरमा भारी मतान्तरसहित माओवादी केन्द्रकी रेनु दाहाल मेयरमा विजयी भएकी थिइन् । मंगलबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले ५२ हजार २८ मत पाउँदा एमालेका विजय सुवेदीले ३९ हजार ५८२ मत पाए । यस्तै गठबन्धनको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ जेठ २०७९, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ
समृद्ध सहरको संकल्प : भरतपुरले ल्यायो ‘पूर्वाधारमै आधारित’ रूपान्तरणको ठूलो योजना
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा