काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु. ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट रु. ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट रु. १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट रु. १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट रु. १० लाख, कृष्णप्रसादले दुबइको लोभ देखाएर एक जनाबाट रु. १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट रु. छ लाख ठगेका थिए ।
प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । हाल उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ जेठ २०८३, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी अभियोगमा ६ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ
ग्रिस र यूएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुईजना पक्राउ
कोरिया पठाउने बहनामा ठगी गरेको आरोप
ठगी गिरोहमा संलग्न चार जना पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ