काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल ५ लाख रुपैयाँ रहेको न्यूनतम आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्याइएको जानकारी दिएका छन्।
बजेटअनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने करदाताले १ प्रतिशत दरले मात्रै आयकर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
सरकारले कर प्रणालीलाई पुनर्संरचना गर्दै न्यून तथा मध्यम आय भएका करदातामाथिको कर भार घटाउने उद्देश्यले उक्त व्यवस्था गरिएको जनाएको छ। नयाँ व्यवस्था आगामी आर्थिक वर्षदेखि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, १७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो
किसान परिचयपत्र वितरण सुरु गरिने, रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन