भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता

सफल खबर संवाददाता

विहीबार, १४ जेठ २०८३, १६ : २५
भारतको बिहारमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौँ । भारतको पूर्वी राज्य विहारमा नदीमा डुंगा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बिहीबार भएको घटनाको पुष्टि स्थानीय प्रहरीले गरेको हो । राजधानी पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाग्रस्त डुंगामा करिब १५ जना सवार थिए, जसमध्ये सात जनालाई सकुशल उद्धार गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकांश पीडित महिला रहेका छन् ।

उनीहरू तरकारी लिन नदी पार गर्दै थिए । प्रहरीका अनुसार नदीको बिच भागमा पुगेपछि अचानक आएको तीव्र हावाहुरीका कारण डुंगा पल्टिएको हो । बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस