काठमाडौँ । सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने तथा स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ। यसका लागि नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रमुख स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरका अध्ययन, अनुसन्धान र चिकित्सा शिक्षाका केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अत्यावश्यक औषधिको स्वदेशी उत्पादन बढाउन नेपाल औषधि लिमिटेडलाई सुदृढ बनाइने जानकारी दिए। बजेटअनुसार विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेका अत्यावश्यक औषधिमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने क्षमता विकास गरिनेछ।
सरकारले यस व्यवस्थामार्फत औषधि आपूर्तिमा आत्मनिर्भरता अभिवृद्धि गर्ने, स्वास्थ्य क्षेत्रमा आवश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने तथा आयातमा निर्भरता क्रमशः घटाउने लक्ष्य लिएको जनाएको छ।
स्वास्थ्य शिक्षातर्फ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाका रूपमा विकास गरिने घोषणा गरिएको छ। यी संस्थालाई चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा, अनुसन्धान तथा नवप्रवर्तनका केन्द्रका रूपमा रूपान्तरण गर्दै विदेशी विद्यार्थीलाई समेत अध्ययनका लागि आकर्षित गर्न सक्ने क्षमता विकास गरिने बजेटमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ जेठ २०८३, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक (पूर्णपाठसहित)
बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड
छात्रवृत्तिका लागि साढे ८ अर्ब बजेट, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा क्याम्पस खोल्न प्रोत्साहन गरिने
कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो
किसान परिचयपत्र वितरण सुरु गरिने, रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ४६ करोड विनियोजन