काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा चीनलाई १९ रनले हराएको नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चीनसँग पराजित भएको इन्डोनेसिया भने अंकबिहीन छ ।
नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । बुधबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १२६ रनको लक्ष्य भेट्न नसक्दा चीन नेपालसँग १९ रनले पराजित भयो । पूरै २० ओभर खेल्दै चीन पाँच विकेटको क्षतिमा १०६ रनमा समेटिएको हो । नेपाल र इन्डोनेसियाको खेल नेपाली समय अनुसार बिहान ११ः४५ बजे सुरु हुँदैछ ।
मलेसियामा मंगलबार सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो । समूह ‘बी’को नेपाल र चीनको समान दुई दुई अंक छ भने समूह ‘ए’को थाइल्यान्डले चार अंक जोडेको छ ।
समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ जेठ २०८३, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प
इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बालीमा उडानहरू रद्द