चितवन। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उद्घाटन गरिएको छ । ६ तले आकर्षक भवनको पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् ।
भवनको भुईँ तलामा इन्टेरियरका कामहरूसमेत सकाएर भवनको उद्घाटन गरिएको नगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । माथिल्लो तलाहरूमा इन्टेरियरका केही काम भने बाँकी छ ।
५३ करोड ३२ लाख ६४ हजारको लागतमा तयार गरिएको भवनमा संघ, प्रदेश र स्थानीय तह (भरतपुर महानगरपालिका) को लगानी छ । संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको ४ करोड ५० लाख रकम खर्च भैसकेको छ ।
महानगरका सहरी पूर्वाधार विकास महाशाखा प्रमुख, वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यले निर्माण थालेको करिब २ वर्षमा भवन तयार गरिएको बताएका छन् ।
भरतपुर महानगरपालिकाको भवन निर्माणका लागि पर्याप्त जमिन नभएपछि नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गा सम्झौता गरेर थप गरिएको थियो ।
महानगर प्रमुख दाहालले संघसँग जग्गा लिने काम निकै मेहेनत र दुःखका साथ गरिएको बताइन् । भवनको २०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना
भरतपुरको विकासमा यी कार्यक्रमले पाए निरन्तरता, यस्ता कार्यक्रम आउँदैछन् नयाँ