चितवन । भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो १ लाख ८ हजार ४५ मतगणनाको परिणाम अनुसार उनले ४३ हजार ४८४ मत पाएकी छिन् ।
उनी ९ हजार ८७२ मतले अग्रता कायम गरेकी छिन् । मतगणनाको शुरुवाती चरणमा निकटतम प्रतिष्पर्धीसँग थोरै मतले मतान्तर हुँदै आएकोमा अहिले भने दाहालले फराकिलो मतान्तर बनाउन सफल भएकी छिन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३ हजार ६१२ मत पाएका छन् । अर्का प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ३३० मत पाएका छन् ।
उपप्रमुख पदमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारी ४४ हजार ८२८ मतका साथ अग्रस्थानमा छन् । अर्का प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङले २६ हजार ६१५ मत पाएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण