काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा शुक्रवार(आज) पद बहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरेका छन् । “भ्रष्टाचारप्रति शून्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,” उनले भने ।
जनतालाई परिणाम दिने गरी काम गर्न मन्त्रालयको नेतृत्व सम्हालेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीमार्फत शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको उद्घोष छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए
‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौँ’: गृहमन्त्री गुरुङ
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ