ओलीको गृहनगर दमकमा राप्रपा विजयी

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ११ : ४६
ओलीको गृहनगर दमकमा राप्रपा विजयी

काठमाडौं । झापाको दमक नगरपालिकामा राप्रपा विजयी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत रहेको दमकको प्रमुखमा राप्रपाका उम्मेदवार राम थापा विजयी भएका हुन् । 

मेयरमा विजयी राम थापाले १७ हजार ५२५ मत पाउँदा एमालेका उम्मेदवार गीता कुमारी अधिकारी पौडेलले १६ हजार ९६६ मत पाइन् । 

उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकी रेगिना भट्टराईले १७०७२ मत ल्याएर विजयी हुँदा एमालेकी उपमेयर उम्मेदवार अम्बिका प्रसाद खनालले १६५७४ मत पाइन् ।

झापामा सत्ता गठबन्धन र राप्रपाले चुनावी तालमेल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस