काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई बधाई दिएका छन् ।
प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहलाई बधाई दिँदै देउवाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । उनले मन्त्रिपरिषद्का सदस्यहरूलाई समेत बधाई दिँदै कार्यसम्पादनमा सफलता मिलोस् भन्ने कामना गरेका छन् ।
देउवाले भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ’ : प्रधानमन्त्री शाह
गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान खारेज नभई सुदृढ गरिने प्रधानमन्त्री शाहको प्रष्टीकरण
प्रधानमन्त्री शाहले पाए अवहेलना मुद्दामा वारेसको अनुमति
प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल
प्रधानमन्त्री शाहको बैंकमा १ करोड ४६ लाख, आयस्रोत सामाजिक सञ्जाल