हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे ।
खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए । १ नम्बर वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । उनीसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाग, साबित्री घिमिरे विजयी भएका छन् ।
१ नम्बर वडाको मतगणना गरिसक्दा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ९ सय ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन