हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेका छ । स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत मनहरी १ मा नेपाली कांग्रेसका उम्मेदवार शिव प्रसाद खनालसहित प्यानल नै विजयी भएकाे हाे ।
खनाल १ हजार ९३ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ९३ मत प्राप्त गरेका थिए । १ नम्बर वडामा १ हजार ७ सय मत ८७ मत खसेको थियो । उनीसँगै नेपाली कांग्रेसबाट सदस्यहरुमा प्रदिप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाग, साबित्री घिमिरे विजयी भएका छन् ।
१ नम्बर वडाको मतगणना गरिसक्दा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रन्जन कालाखेतीले ९ सय ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ सय ६४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै