वीरगञ्ज । भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए ।
सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ । गोली प्रहार गर्नुको यकीन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा कटुवा गोलीको टुक्रा भेटिएको थियो । पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ