ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०८३, २० : २४
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ। ई-सेवाको कर्मचारी भएको भन्दै प्रलोभनमा पारेर अनलाइन माध्यमबाट रकम ठगी गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

साइबर ब्युरोका अनुसार पीडितलाई ई-सेवा खातामा धेरै ‘रिवार्ड प्वाइन्ट’ रहेको भन्दै फोनमार्फत सम्पर्क गरी विभिन्न प्रक्रिया अपनाउन लगाइएको थियो । सोही क्रममा प्राप्त भएको ओटीपी प्रयोग गरेर पीडितको खाताबाट १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ अर्को ई-सेवा खातामा स्थानान्तरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उक्त रकम प्रयोग गरी एक निजी व्यापारिक संस्थामार्फत आइफोन–१७ मोबाइल खरिद गरिएको थियो ।