काठमाडौँ । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।
काउन्टर आसपासमा सक्रिय भएर बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
पक्राउ परेकाहरूलाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘आरोपीहरू विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरमा पठाउँछौँ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०८३, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ
काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ
राजनीतिमा मुखौटा बदल्ने विचौलिया दीपक भट्ट : कहाँ कहाँ कसरी बनाए राजनीतिक कनेक्सन ?