सप्तरी । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ बस्ने मनोज कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका वडा नम्बर १० बस्ने नागेन्द्र यादवको इच्छा तथा मन्जुरी विपरीत सोही वडा बस्ने २२ वर्षीया एक किशोरीसँग जबर्जस्ती बिहे गराइदिएको आरोप छ । उनीहरुको बिहे वडा नम्बर ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा भएको थियो ।
पछि नागेन्द्रले आफ्नो मन्जुरी नहुँदानहुँदै कुटपिट गरी जबर्जस्ती बिहे गराइएको भन्दै ठाकुरविरुद्ध जाहेरी दिएका थिए ।
त्यसपछि फरार रहँदै आएका ठाकुरलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप भई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ