बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, १४ : २८
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ

जलेश्वर (महोत्तरी) । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ । 

महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

 प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस