दिल्लीमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै

एजेन्सी

विहीबार, २४ चैत्र २०७८, १६ : ४६
दिल्लीमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै

एजेन्सी । भारतको राजधानी दिल्लीमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । दिल्लीमा कोरोना संक्रमण दर लगातार बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयलृ जनाएको हो । पछिल्लो २४ घण्टामा दिल्लीमा कोभिड–१९ का १२६ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।

अप्रिल ४ यता दिल्लीमा कोरोना संक्रमण दर लगातार बढिरहेको बताइएको छ । कोरोना संक्रमणदर घटिरहेको अवस्थामा डीडीएमएको बैठकमा मास्क नलगाउनेलाई जरिवाना तिराउने नियम पनि खारेज गरिएको छ । यसै दिल्लीमा संक्रमण दर १.१२ प्रतिशत रहेको छ ।

गत मंगलबार मात्रै दिल्लीमा ११२ वटा नयाँ केसहरू रिपोर्ट गरिएको थियो, भने ९२ जना बिरामीहरू सो अवधिमा निको भएका थिए । हाल दिल्लीमा सक्रिय विरामीको संख्या ४८८ छ । योसँगै संक्रमण दर एक प्रतिशत अर्थात् १.०५ प्रतिशतभन्दा माथि पुगेको छ ।

होलीअघि दिल्लीमा संक्रमण दर एक प्रतिशतभन्दा माथि थियो भने होलीपछि ०.८७ प्रतिशतको हाराहारीमा झरेको थियो । यस्तो अवस्थामा फेरि एकपटक संक्रमण दर बढ्दै गएको अवस्थामा त्यहाँका जनताहरु चिन्तित बनेका छन् ।

गत सोमबार दिल्लीमा ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । सो अविधमा ९५ जना बिरामी डिस्चार्ज भएका छन् दिल्लीमा संक्रमण दर १ दशमलव ३४ प्रतिशत रहेको छ । यसअघि आइतबार दिल्लीमा कोभिड–१९ का ८५ नयाँ केस फेला परेका थिए र संक्रमण दर ०.८६ प्रतिशत थियो ।

यसका साथै दिल्लीमा कोरोनाको नयाँ भेरियन्ट एक्सईको चर्चाले पनि गति लिइरहेको छ । नयाँ भेरियन्ट एक्सई ओमिक्रोन भन्दा १० गुणा घातक रहेको बताइएको छ । त्यस्तै मुम्बईमा पनि एक्सई भेरियन्टबाट एक संक्रमित भएको दाबी गरिएको थियो । तर, उक्त दाबीलाई केन्द्रीय स्वास्थ्य मन्त्रालयले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस