चुनावको मुखैमा देउवा पत्नी आरजु राणा किन पुगिन् दिल्ली ?

सफल खबर संवाददाता

आइतबार, १० फागुन २०८२, ०९ : २४
चुनावको मुखैमा देउवा पत्नी आरजु राणा किन पुगिन् दिल्ली ?

काठमाडौं । फागुन २१ मा तोकिएको प्रतिनिधिसभा चुनावको मुखैमा कांग्रेस नेतृ तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी डा आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छिन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी आरजु राणा देउवा आज बिहान दिल्ली प्रस्थान गरेकी हुन् । 

गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेलाउनी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री थिइन् । त्यसबेला उनी आफ्नै निवास बुढानिलकन्ठमा श्रीमान देउवासगै कुटिएकी थिइन् । पार्टीभित्रै पनि गगन थापाहरुले विशेष महाधिवेशन गरेपछि राजनीतिमा देउवा दम्पती किनारामा पारिएको छ । 

देउवा र उनकी पत्नी डा आरजु राणा देउवा दुवै यसपटकको चुनावमा चुनाव लड्न चाहान्थे । तर सभापति गगन थापाले उनीहरुसँग परामर्श समेत नगरी टिकट समेत नदिएपछि चुनावमा उनीहरु त्यक्ति सक्रिय देखिएका छैनन । 

यही मेसोमा आरजुको दिल्ली प्रस्थान भएको हो । उनी आज बिहान साँढे ७ बजे एयर इन्डिया एयरलाइन्सको एआई २१६ नम्बरको जाहाजबाट दिल्ली प्रस्थान गरेकी हुन् । उनको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस