काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भारत भ्रमणमा जाँदैछन् । खनाल भदौ १८ देखि २१ गतेसम्म भारत भ्रमणमा जाँदैछन् । रास्वपा नेतृत्वको सरकार गठनपछि सरकारका तर्फबाट हुन लागेको यो पहिलो उच्चस्तरीय औपचारिक भारत भ्रमण हो ।
खनाल भारतमा आयोजना हुने वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च ‘बिग क्याट अलायन्स’ सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियुष गोयलसँग ‘वान अन वान’ वार्ताको तयारी भइरहेको छ । भारतीय पक्षबाट मिति र समयको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि दुवै पक्षबीच अनौपचारिक संवाद जारी रहेको परराष्ट मन्त्रालय स्रोत बताउँछ ।
सम्मेलनस्थलमै प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री खनालबीच संक्षिप्त ‘साइडलाइन’ भेट हुन सक्ने अपेक्षा पनि गरिएको छ । परराष्ट्रमन्त्री खनालको भारत यात्रा यस्तो समयमा हुन लागेको छ, जतिबेला दुई देशबीच कूटनीतिक संवादको गति सुस्त देखिएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रिको गत वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारीमा थिए । तर अन्तिम समयमा भ्रमण स्थगित भयो । औपचारिक रूपमा मिति नमिलेको भनिए पनि प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय भेटवार्तामा रुचि नदेखाएकाले भ्रमण रद्द भएको चर्चा कूटनीतिक वृत्तमा छ । यसले पनि दुई देश बीचको सम्वन्धमा सकारात्मक वातावरण बनाउन नसकिरहेका बेला परराष्टमन्त्री खनालको भारत भ्रमण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ जेठ २०८३, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता