काठमाडौं । नेपाल–भारत सम्बन्ध फेरि एकपटक राजनीतिक व्याख्या, शक्ति सन्तुलन र कूटनीतिक संकेतको केन्द्रमा पुगेको छ । जनेजी विद्रोहपछि विकसित परिस्थिती, गत फागुन २१ को चुनावले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभूतपूर्व उदय र नयाँ सरकार निर्माणपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको निम्तो भएको चर्चा चलिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दिल्ली भ्रमण तय हुनु आफैंमा अर्थपूर्ण घटनाक्रम बनेको छ ।
भारतीय संस्थापनले प्रधानमन्त्री तहको औपचारिक संवाद अघि बढ्न नसकेको अवस्थामा सत्तासिन दलको सभापतिलाई निम्ताएर प्रत्यक्ष संवाद रोजेको संकेत अहिले काठमाडौंमा विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । रास्वपा सभापति रवि लामिछानेलाई भारतले औपचारिक निम्तो दिनु केवल शिष्टाचार भ्रमण मात्र नभएको बुझाइ कूटनीतिक वृत्तमा छ ।
लामिछानेको भ्रमण टोलीमा रहेका नेताहरुको नाम हेर्दा लामिछानेको विश्वासपात्र मात्र रहेकोले पनि प्रधानमन्त्री बालेनले यो हुन लागेको भ्रमणलाई नजिकबाट हेरिरहेका छन् । रविको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य र उनका अति विश्वासपात्र दीपक बोहोरा छन् ।
अझ भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, सडक परिवहनमन्त्री नितिन गडकरी लगायत उच्च तहका नेतासँग भेटको तयारीले भ्रमणलाई अझ राजनीतिक बनाएको छ । भारतले सामान्यतया नेपालका प्रमुख दलका शीर्ष नेताहरूसँग सम्बन्ध सन्तुलनमा राख्ने रणनीति अपनाउने गर्छ । तर यसपटकको निम्तोले भारतले केवल सरकारसँग मात्र होइन, भविष्यका सम्भावित शक्ति केन्द्रहरूसँग पनि सम्बन्ध सुदृढ राख्न खोजेको सन्देश दिएको देखिन्छ ।
रास्वपाभित्र बाहिरबाट हेर्दा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच खुला द्वन्द्व देखिँदैन । तर सत्ता सञ्चालन, जनअपेक्षा र राजनीतिक प्रभाव विस्तारका सवालमा दुवै नेताले एकअर्काको गतिविधिलाई निकै नजिकबाट नियालिरहेको राजनीतिक वृत्तको बुझाइ छ । अझ लामिछानेको भ्रमण टोलीमा रहेका नेताहरुको नाम हेर्दा लामिछानेको विश्वासपात्र मात्र रहेकोले पनि प्रधानमन्त्री बालेनले यो हुन लागेको भ्रमणलाई नजिकबाट हेरिरहेका छन् ।
रविको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य र उनका अति विश्वासपात्र दीपक बोहोरा छन् । प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले भारतसँग अपेक्षित स्तरको संवाद विस्तार गर्न नसकिरहेका बेला रवि लामिछानेको भ्रमणलाई कतिपयले दिल्लीको वैकल्पिक पहुँचका रूपमा समेत अर्थ्याउन थालेका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री, अर्थमन्त्री डा स्वर्णिम वाग्ले र रविबीच भएको मंगलबारको लामो छलफललाई पनि सामान्य बजेट परामर्शभन्दा बढी राजनीतिक महत्वका साथ हेरिएको छ । स्रोतहरूका अनुसार त्यही भेटमा भारत भ्रमणका एजेन्डा र सम्भावित राजनीतिक प्रभावबारे पनि अनौपचारिक संवाद यी तीन नेताका बीचमा भएको थियो ।
भारत के बुझ्न खोज्दैछ ?
दिल्ली नेपालको आन्तरिक राजनीतिमा हुने प्रत्येक शक्ति परिवर्तनलाई दीर्घकालीन दृष्टिले हेर्ने गर्छ । विशेषतः नेपालमा वैधानिक रुपमा चुनावमार्फत उदाएको नयाँ राजनीतिक दलका नेता, उनीहरूको वैदेशिक दृष्टिकोण, चीन अमेरिकाप्रतिको धारणा, संघीयता, सुरक्षा र आर्थिक सहकार्यबारे भारतले चासो राख्ने गरेको विगतले देखाउँछ । रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपा अझै वैचारिक रूपमा पूर्ण स्थापित पार्टी होइन ।
जनमतको उभारसँगै उदाएको यो दल आगामी महाधिवेशनपछि कुन दिशातर्फ जान्छ ? सरकार सञ्चालनमा यसको दीर्घकालीन भूमिका के हुन्छ ? भारतसँग सम्बन्धमा यसको दृष्टिकोण कस्तो रहन्छ ? दिल्ली सम्भवतः यिनै प्रश्नहरूको उत्तर खोज्न चाहन्छ । त्यसैले यो भ्रमण केवल ‘कूटनीतिक शिष्टाचार’ मात्र नभई ‘राजनीतिक परीक्षण’ पनि हुनसक्ने विश्लेषण भइरहेको छ । नयाँ सरकार गठनपछि काठमाडौं र दिल्लीबीच अपेक्षित राजनीतिक उष्णता देखिएको छैन । उच्चस्तरीय भ्रमण रोकिएका छन्, संवाद सुस्त देखिएको छ ।
यही पृष्ठभूमिमा रविको भ्रमणले सम्बन्धलाई नयाँ ढंगले पुनः परिभाषित गर्ने प्रयासको संकेत दिन सक्छ । भारतले नेपालमा सधैं सरकार मात्र होइन, सम्भावित विकल्पहरूसँग पनि सम्बन्ध कायम राख्ने नीति लिएको पाइन्छ । विगतमा पनि विभिन्न दलका नेताहरूलाई औपचारिक–अनौपचारिक संवादमार्फत भारतले आफ्नो कूटनीतिक पहुँचमा राख्ने प्रयास गरेको देखिन्छ । यस अर्थमा रवि लामिछानेको दिल्ली यात्रा नेपाल–भारत सम्बन्धको नियमित कडी मात्र होइन, नेपालको बदलिँदो शक्ति संरचनालाई भारतले कसरी हेरिरहेको छ भन्ने संकेत पनि हुनसक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने