काठमाडौँ । आयातमा खुला छाड्दा देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चितीमा नराम्ररी चाप परेको छ । कोरोना कहरका कारण लामो समय बन्द अवस्थामा रहेको देशभित्रका उद्योग, कलकारखाना तथा अन्य क्षेत्र क्रमशः खुल्दै जाँदा आयात ह्वात्तै बढेको छ । सोही कारण अमेरिकी डलरको भण्डारमा समस्या देखा परेको हो । त्यसलाई कम गर्नका लागि विलाशी सामानको आयातमा रोक लगाउनुपर्ने माग विगतदेखि नै उठेको भए पनि त्यसमा सुनुवाइ भएको छैन । महँगा र विलाशी सवारी साधनको आयात तत्काल रोक लगाउनुपर्ने आवश्यकता खट्किएर गएको छ ।
त्यस्तै आवश्यक नपर्ने खाद्य उपज तथा अन्य सामग्रीको आयातमा निरुत्साहित गर्नुपर्ने अवस्था बढेर गएको छ । विकास खर्च सोचेअनुसार अगाडि बढ्न सकेको छैन । त्यसबाट आर्थिक क्षेत्रमा सकारात्मक अवस्था सिर्जना भएको छैन । विकास खर्च प्रभावकारी भएको भए आन्तरिक रूपमा मुद्दा परिचालन पनि उल्लेख्य मात्रामा बढ्ने थियो । स्थानीय निर्वाचन घोषणा भएको सन्दर्भमा त्यसले अर्थतन्त्रमा नयाँ खालको चाप पर्ने देखिएको छ ।
जानकारहरूका अनुसार अत्यधिक खर्च बढ्दा त्यसले महँगी बढाउने सम्भावना रहेको छ । महँगी बढ्नुलाई सकारात्मक रूपमा लिन सकिँदैन । जानकारहरूका अनुसार विदेशी मुद्राको भण्डारणमा चाप पर्दा कतै हामी श्रीलङ्काको अवस्थामा त गइरहेका छैनौँ भन्ने पनि आशङ्का गरिएको छ । समस्या समाधानमा लाग्नुपर्ने नेपाल राष्ट्र बैङ्कले यसबारेमा खासै चासो देखाएको छैन ।
केन्द्रीय बैङ्कको जुन प्रकारको भूमिका हुनुपर्ने थियो, त्यो नहुँदा सरकारका हरेक प्रयास सार्थक बन्न सकेका छैन । विशेषगरी गभर्नर महाप्रसाद अधिकारीको भूमिका संदिग्ध देखिएको सर्वत्र अनुभव गरिए पनि उनलाई सुधार्न वा कारबाही गर्नेतर्फ कुनै पहल भएको छैन । विशेषगरी अहिले पनि डा. युवराज खतिवडा, महाप्रसाद अधिकारीहरूको ध्येय जसरी भए पनि अर्थतन्त्रमा समस्या खडा गर्नेमा केन्द्रित छ । अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि झन चर्काउने र राजनीतिक रोटी सेक्ने काममा उनीहरू केन्द्रित छन् ।
खड्गप्रसाद ओलीको भूमिकामा रहेका महाप्रसादले झनै समस्या खडा गरेका छन् । समस्या समाधान गर्न लाग्नुको साटो प्रयास गरिरहेका अर्थमन्त्री जनार्दन शर्मामाथि उनीहरू खनिएका छन् । पछिल्ला दिनमा मन्त्रिपरिषद् पुनः गठन हुने र अर्थमन्त्री फेरिने भनेर चलाइएका हल्लाका पछाडि पनि महाप्रसादहरूको साजिस रहेको सहजै अनुमान गर्न सकिन्छ ।
विकास खर्च पनि पछिल्ला दिनमा अपेक्षित सुधार हुन थालेको छ । समस्या समाधानका लागि सरकारको तर्फबाट भएका सकारात्मक प्रयासहरूको नतिजा देखिन थालेको छ । तर केन्द्रीय बैङ्क र त्यसको नेतृत्वको प्रभावकारी भूमिका हुन नसक्दा समस्या समाधान हुन सकेको छैन । केन्द्रीय बैङ्कले चाल्नुपर्ने नीति तथा भूमिकामा गभर्नर चुकेको सर्वत्र अनुभव गर्न थालिएको छ ।
अघिल्लो, ओली नेतृत्वको सरकारले लिएको गलत नीतिका कारण यतिबेला देशको अर्थतन्त्रमा जटिलता पैदा भएको हो । मनलाग्दी तरिकाले स्रोत नै नखुलेका आयोजनामा बजेट विनियोजन गरिँदा समस्या जकडिएर गएको हो । यस्तै, हचुवाका भरमा अगाडि सारिएका अन्य नीति तथा कार्यक्रमका कारण अर्थतन्त्रमा चाप परेको छ । समस्या समाधानका लागि सबै राजनीतिक दल, सरोकारवाला लाग्नुपर्नेमा त्यो दायित्व अर्थमन्त्रीको मात्रै हो वा अर्थमन्त्रालयको मात्रै हो भनेर पन्छने प्रवृत्ति पनि उत्तिकै गैरजिम्मेवार देखिएको छ ।
राजस्व सङ्कलन हुने दरमा ऐतिहासिक रेकर्ड कायम भएको छ । आन्तरिक राजस्व र भन्सार शुल्कको सङ्कलनमा पनि उल्लेख्य वृद्धि भएको छ । तोकिएका अन्य काम पनि प्रभावकारी रूपमा अगाडि बढेका छन् । त्यस्तै जनयुद्धकालीन घाइते तथा सहिद परिवारलाई राहतको प्रबन्ध गरिएको छ । दीर्घरोगी तथा मुटु तथा मिर्गौलाका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने कार्यक्रम सुरु भएको छ । ठूला आयोजनाको कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ ।
यसबाट सरकार समाजवादको बाटोमा अग्रसर भएको देखिन्छ । त्यसलाई भत्काउनका लागि भए नभएका सबै खालका असफल प्रयास गरिएका छन् । विशेषतः माओवादी नेतृत्वलाई खुइल्याइए मात्रै आफ्नो स्वार्थ पूरा हुन्छ भन्ने दरिद्र मानसिकतामा रहेका केही स्वार्थी तत्त्वको खेलोफड्कोका कारण अर्थतन्त्र भयावह अवस्थामा पुग्यो भनेर हल्ला गरिएको छ । त्यसमा कुनै पनि तुक नभएको जानकारहरूको विश्लेषण छ ।
अघिल्लो पटक उज्यालो नेपालको अवधारणा अगाडि बढाएर लोडसेडिङको अन्त्यलगायतका काममा सफलता पाएका राजनीतिक नेतृत्वलाई खुइल्याउन केही स्वार्थी तत्त्व ज्यान फालेर लागेको घटनाक्रमहरूले पुष्टि गरेको छ । यस्तो प्रवृत्तिविरुद्ध समयमै सशक्त प्रतिवाद गर्नुपर्ने आवश्यकता महसुस भएको छ । किनकि समस्यामा परेको अर्थतन्त्रलाई सुधार गर्ने दायित्व सबैको हो, अर्थमन्त्रालय र अर्थमन्त्रीको मात्रै होइन । यो अवस्थालाई ध्यान दिएर अगाडि बढ्नुपर्छ । अर्थतन्त्रमा समस्या होइन, केही समस्याको सङ्केत देखापरेको हुनाले समाधानका लागि समयमै पहल गर्नु जरुरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा