जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र अष्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख Milton Dick सँग द्विपक्षीय भेटवार्ता भएको छ।
अन्तर व्यवस्थापिका संघ (IPU) को १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका राष्ट्रिय सभा दाहालले अष्ट्रेलियन सभामुखसँग भेट गर्नुभएको हो।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।
अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो।
१ लाख ८० हजार बढी नेपालीहरू अष्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थीहरू अष्ट्रेलियामा अध्ययन गरिरहेको बताउनु भयो।
अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै अध्यक्ष दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गर्नुभयो।
आइपियू महासचिव र भारतीय प्रतिनिधि मण्डलसँग भेट
यसैबीच अध्यक्ष दाहालले जेनेभामा अनुराग सिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डल तथा अन्तर व्यवस्थापिका संघ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग भेट वार्ता गर्नुभएको छ।
भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध अौपचारिक र देशबीचको मात्रै नभई जनता-जनताबीचको सम्बन्ध निकै बलियो रहेको बताउनु भयो।
नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनु भयो।
त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गर्नुभयो।
आइपियूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा अध्यक्ष दाहालले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन तोकिएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताउनु भयो।
संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग सहकार्य गर्न चाहेको अध्यक्ष दाहालले बताउनु भयो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ कार्तिक २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरोकारवालासँग परामर्शपछि मात्रै विधेयक प्रक्रिया अघि बढ्ने राष्ट्रिय सभा अध्यक्ष दाहालको दाबी
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन
माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्याउने राष्ट्रिय सभा अध्यक्ष दाहालको विश्वास
विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान
‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल