काठमाडौं । गत भदौं २३ र २४ गते देशभरि फैलिएको जेन जी विद्रोहलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिको षड्यन्त्र भन्दै निरन्तर आरोप लगाइरहेका बेला अब त्यसको अर्को पाटो खुलेको छ । तत्कालीन सत्तारूढ एमालेकै कार्यकर्ता र नेताहरू नै तोडफोड र आगजनीमा संलग्न रहेछन् भन्ने तथ्यहरू प्रमाणसहित बाहिर आएका छन् ।
त्यसबेला देशभक्त जनतालाई उक्साइएको आन्दोलन भनेर व्याख्या गरिएको घटनाको पछिल्लो अनुसन्धानले एमालेभित्रकै आन्तरिक असन्तुष्टि र गुटीय प्रतिस्पर्धाले पनि नेताका घर, कार्यालय आगजानीको एउटा कारण भएको देखिन थालेको छ ।
प्रहरी स्रोतका अनुसार, तोडफोडमा संलग्न धेरै व्यक्ति एमालेकै विभिन्न तहका सक्रिय कार्यकर्ता, युवा संघका पदाधिकारी र पार्टीका स्थानीय नेता भएको प्रमाण भेटिन थालेको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगो लगाउने एमाले कार्यकर्ता पक्राउ परेसँगै यस्ता प्रमाणहरु सार्वजनिक हुन थालेका हुन् ।
प्रहरी स्रोत भन्छ,‘पूर्व राष्ट्रपति भण्डारीको घर जलाउने समूहमा उनी अग्रपंक्तिमा थिए । मोबाइल लोकेसन, सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयानले उनको उपस्थिति पुष्टि गरेको हो ।’ पक्राउ परेका थेवे विगतमा पनि विवादित पात्र हुन् । वैदेशिक रोजगारीका नाममा ठगीको अभियोगमा उनलाई गत वर्ष पक्राउ गरिएको थियो । दक्षिण कोरिया पठाइदिने भन्दै उनले विभिन्न व्यक्तिबाट एक करोड आठ लाख ३० हजार रुपैयाँ ठगेको अभियोगमा ओली प्रधानमन्त्री रहेका बेला २०८२ भदौ ५ मा पक्राउ परेका थिए ।
पूर्वराष्ट्रपति विद्या भण्डारी काठमाडौंको भंगालस्थित छोरीको घरमा बस्दै आएकी थिइन् । २४ भदौंमा उनी बस्दै आएको त्यो घर पनि आगजनीमा परेको थियो । राष्ट्रपतिबाट सेवानिवृत्त भण्डारी त्यही घरमा बस्दै आएकी थिइन्। प्रहरी अनुसन्धानका क्रममा त्यो घर जलाउने समूहमा एमालेकै युवा संघका नेता सोनम थेवे सहभागी भएको प्रमाण फेला परेको छ ।
थेवे ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनामका स्थायी बासिन्दा हुन्। अहिले काठमाडौंको धुम्बाराहीमा बस्दै आएका उनी राष्ट्रिय युवा संघ नेपालका सक्रिय नेता हुन् । प्रहरीले उनलाई पक्राउ गरेपछि थुप्रै नयाँ तथ्य खुलेका छन् । थेवे भर्खरै मात्र ललितपुरको रामवाग महलमा सम्पन्न एमाले केन्द्रीय समितिको बैठकमा ओलीको सुरक्षामा समेत देखिएका थिए । ओलीकै सुरक्षामा रहेका थेवे पूर्व राष्ट्रपतिको निवास जलाउने घटनामा संग्लन्नता रहेको भेटिएपछि एमाले नेता कार्यकर्ताको सहभागिता प्रष्टै रहेको देखिएको हो ।
प्रहरी स्रोत भन्छ,‘पूर्व राष्ट्रपति भण्डारीको घर जलाउने समूहमा उनी अग्रपंक्तिमा थिए । मोबाइल लोकेसन, सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयानले उनको उपस्थिति पुष्टि गरेको हो ।’
पक्राउ परेका थेवे विगतमा पनि विवादित पात्र हुन् । वैदेशिक रोजगारीका नाममा ठगीको अभियोगमा उनलाई गत वर्ष पक्राउ गरिएको थियो । दक्षिण कोरिया पठाइदिने भन्दै उनले विभिन्न व्यक्तिबाट एक करोड आठ लाख ३० हजार रुपैयाँ ठगेको अभियोगमा ओली प्रधानमन्त्री रहेका बेला २०८२ भदौ ५ मा पक्राउ परेका थिए ।
तर सो प्रकरणमा एमालेका केन्द्रीय नेता योगेश भट्टराई र युवा संघका तत्कालीन अध्यक्ष क्षितिज थेबे लगायतका नेताको दबाबमा अनुसन्धान रोकिएको र उनलाई छुटाइएको थियो । थेवे पछिल्लो समय एमालेका युवा नेता मिलन गुरुङ (चक्रे मिलन) समूहसँग नजिक छन् र उनकै समूहमार्फत विभिन्न राजनीतिक प्रदर्शनमा सक्रिय भएको प्रहरीले जनाएको छ ।
एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलको घरमा भएको तोडफोड र आगजनीमा पनि एमाले कार्यकर्ताकै संलग्नता देखिएको प्रहरी स्रोत बताउँछ।
रावलले एमालेमा रहँदा ओलीको कार्यशैली र भूमिकामाथी गम्भीर असन्तुष्टि राख्दै आएका नेता थिए । दशौं महाधिवेशनमा ओलीसँग उनले पार्टी अध्यक्षमा प्रतिस्पर्धा नै गरेका थिए । तर उनलाई पार्टीमा टिक्न दिइएन । उनलाई अन्तत एमालेले पार्टीबाट निश्कासन गरेको थियो ।
त्यसपछि पनि ओलीको कार्यशैलीमा उनले खरो टिप्पणी गदैं आएका थिए । तर उनको घर आगजानीमा पनि एमाले कार्यकर्ता देखिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
त्यसो त कांग्रेस महामन्त्री गगन थापाको घरमा पनि एमाले कार्यकर्ताको संलग्नता रहेको स्वयम महामन्त्री थापाले खुलासा गरेका छन् । थापाले स्वयंले एउटा टेलिभिजन अन्तर्वार्तामा यो तथ्य सार्वजनिक गरेका छन् । थापाले एमालेको स्थानीय नेता देखि भर्खर बलत्कार आरोपमा छुटेर आएका पूरानो राजनीतिक दल (एमाले)का सक्रिय कार्यकर्ता नै आफ्नो घर तोडफोडमा संग्लन्न रहेको जिकिर गरेका छन् ।
‘मेरै टोलको पूरानो राजनीतिक दलको अझ सरकारमा भएको राजनीतिक दलको, अझ प्रधानमन्त्रीसँग विशेष पहुँच भएको,त्यहाँको चुनाव लडेको नेता नै आएको छ मेरो घर जलाउन । उ आफै सरकारमा छ, सरकारसँग रिसाएको छ भनौं भने,उही सरकार हो ।’ अन्तवार्तामा गगन थापाले अगाडी भनेका छन्, ‘त्यो बेला म घरमा नै भएकोले सिसिटिभिमा देख्ने भए, अर्काे एउटा को आएको छ भने काभ्रेको मान्छे हो । उमेरले पनि जेन्जी होइन, भर्खर वलत्कार केसमा छुटेर आएको छ । पहिला उ पूरानै राजनीतिक दलमा आवद्द थियो । अनि नयाँ राजनीतिक दलको त जिम्मेवारीमा बसेकै साथीहरु आईहाल्नुभयो । उहाँहरु कति जनालाई टेक्स पनि पठाएको छुु, कस्तो लाग्यो मेरो घर भनेर । उमेरका हिसावले कुनै जेन्जी होइन, उहाहरु आउनुपर्ने कुनै कारण छैन ।’
थापाले घटनापछि सिसिटिभी फुटेजमा ती व्यक्तिलाई देखेको र केही जनालाई आफूले सिधा सन्देश पठाएको पनि खुलाएका छन् । उनले अन्तवार्तामा थप अगाडी भने, ‘उहाँहरू नयाँ पुस्ताका होइनन्, पुरानै राजनीतिक दलका कार्यकर्ता हुन् । सरकारमै भएको दलका मान्छेले यस्तो काम गर्दा यसको राजनीतिक अर्थ धेरै गहिरो हुन्छ ।’
केवल कांग्रेस र एमाले भित्रका असन्तुष्ट मात्र होइन, माओवादी केन्द्रका कार्यालय र नेताहरूका निवासमा भएको तोडफोडमा पनि एमाले कार्यकर्ताको संलग्नता रहेको तथ्य सार्वजनिक हुन थालेको छ ।कसैको निजी रिस, कसैको गुटीय बदला, र कसैको सत्ता–स्वार्थका कारण एमालेको केही समूहले अन्य नेताका घर, कार्यालयमा आगो बाल्न पुगेको घटनाहरु देखिएको प्रहरी स्रोत बताउँछ ।
पार्टी बैठकमै उठेको थियो छानविन माग
भदौं २४ को घटनापछि असोज अन्तिम साता बसेको एमाले केन्द्रीय समिति बैठकमा समेत आफ्नै कार्यकर्ताको भदौं २४ को विध्वम्सात्मक घटनामा संलग्नता भएको विषय उठेको थियोे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एघारौँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय
एमाले केन्द्रीय कमिटी बैठक : सुरु भयो तेस्रो दिनको छलफल
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा
एमालेको केन्द्रीय कमिटी बैठक सुरु
ओलीको प्रस्ताव परस्परविरोधी र संगतिपूर्ण नरहेको भन्दै केन्द्रीय समितिमा आलोचना
एमाले केन्द्रीय कमिटी बैठक : आज पनि नेताहरूले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने