काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन् ।
अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दु:ख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ ।
‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन,’ पूर्वमन्त्री शर्माले भनेका छन्, ‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दु:ख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक