काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले काठमाडौंबाट एक घण्टामै चितवन पुग्न सकिने आधुनिक द्रुतमार्ग निर्माण गर्नुपर्ने बताएका छन् ।
अहिलेको सडक मार्गमा सवारी आवागमनको अत्यधिक चाप परेको, हरेक वर्ष जनधनको क्षति व्यहोर्नुपरेको र यात्रा गर्दा दु:ख कष्ट सहनु परेकाले आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्नुपर्ने शर्माको राय छ ।
‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ्ग नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन,’ पूर्वमन्त्री शर्माले भनेका छन्, ‘हरेक वर्ष जनधनको ठूलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दु:ख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा