सल्यान दुर्घटनाप्रति नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

आइतबार, १२ असोज २०८२, ११ : ५०
सल्यान दुर्घटनाप्रति नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त

सल्यान । रुकुम (पश्चिम) बाँफिकोटबाट दाङको घोराहीतर्फ जाँदै गरेको फोर्स गाडी सल्यानको कपुरकोट–३ चोरखोलामा दुर्घटना भई तीन जनाको मृत्यु भएको घटनाप्रति माओवादी केन्द्रका नेता जनार्दन शर्माले गहिरो दुःख व्यक्त गरेका छन्।

दुर्घटनामा बाँफिकोट–५ निवासी प्रकाश केसी, पबि केसी र शशिधर केसीको निधन भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

नेता शर्माले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस