काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यमान समस्या समाधानको लागि केही सुझावहरू अघि सारेका छन् । सङ्कटको बेला संविधानको रक्षा हुन सकेन भने सबै वैधानिकताहरूको अन्त्य भई थप अराजकता पैदा हुने र राष्ट्र र राष्ट्रियता झन् पछि झन् संकटमा पर्ने कुरालाई मध्यनजर गर्दै वैधानिक बाटो मार्फत समाधान निकाल्न उनको सुझाव छ ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'विषम परिस्थितिमा सरकार गठन गर्ने प्रयास भइरहँदा जेनजीहरूको समेत अपनत्व र प्रतिनिधित्व हुनेगरी अन्तरिम सरकार गठन गर्नु नितान्त आवश्यक छ। परिस्थिति अनुसारको सरकार गठन गर्न सामान्य अवस्थामा जस्तो संविधानका सबै धाराको अक्षरशः पालना नहुन सक्छ तर सबैलाई स्वीकार्य सरकार गठन गर्दा समेत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा टेकेर गर्नु आवश्यक छ। '
संवैधानिक बलविहीन सरकार बनाउँदा वर्तमान संविधानका पक्षधरहरूबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई समेत ध्यान दिन जरुरी रहेको उनले बताएका छन् । संविधान बाहिर सरकार गठन गरिएमा त्यसले राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा भई अकल्पनीय अवस्था सृजना हुने खतरा रहने र वर्तमान राष्ट्रिय सङ्कटलाई समाधान गर्न थप जटिलता हुन सक्नेबारे ध्यान दिन जरुरी रहेको शर्माले बताएका छन् ।
भ्रष्टाचारको जालोलाई अन्त गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी कडा कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
राष्ट्रमा हाल उत्पन्न असामान्य परिस्थिति एवं सङ्कटको मूल जिम्मेवार सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरू र मुख्य गरी दुई तिहाईको भनिएको सरकार रहेको पनि उनको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा
मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए: जनार्दन शर्मा