काठमाडौँ। सर्वदलीय बैठकमा दलहरूले चुनावी सुरक्षाबारे चासो राखेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सर्वदलीय बैठक जारी छ ।
नेताहरूले पालैपालो बोल्ने क्रम चलिरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार पहिलो चरणमा सबैले बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।
मन्त्री खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् ।’
निर्वाचनमा जाने कुरामा भने सबैको सहमति देखिएको छ ।
नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
सभामुखको निर्वाचन २२ चैतमा
संसद् सचिवालयमा सर्वदलीय बैठक जारी
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने