बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताएका छन् । उनले अहिलेका कम्युनिष्ट पार्टीहरूले जनताको मुद्दा नउठाएकाले अब वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औंल्याए ।
शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै उपमहासचिव शर्माले अहिले कम्युनिष्ट पार्टीहरू जनताको लागि नभइ आफ्नो स्वार्थका लागि बनेको बताए । ‘दलहरू जनताका मुद्दामा स्पष्ट भएनन्, नीतिहरू प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए,’ उनले भने, ‘दलहरूमा लोकतन्त्र पनि छैन, गरिबी बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’
शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरूको टिम बनाउन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्यान दुर्घटनाप्रति नेता जनार्दन शर्माद्वारा दुःख व्यक्त
एक घण्टामै चितवन पुग्ने आधुनिक द्रुतमार्ग निर्माण गरौं : जनार्दन शर्मा
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा