तास खेलिरहेका १४ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०६ कार्तिक २०८२, ०७ : १४
तास खेलिरहेका १४ जना पक्राउ

कास्की। कास्कीमा पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ का ६० वर्षीय बालकृष्ण गुरुङसहित सातजना छन्। गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ।

नगद दुई लाख ९५ हजार ६७५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ३८ वर्षीय प्रकाश धनाडीसहित सातजना छन्। भीमदत्त–१८, पुष्पलाल चोकस्थित पसलमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नगद ४१ हजार ९७५ रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस