एजेन्सी । । हमासले गाजामा रहेको भनिएका थप दुई मृत इजरायली बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरेको छ।
रेडक्रसले हमासबाट प्राप्त गरेको दुईवटा कफिन प्यालेस्टिनी इलाकामा इजरायली सेनालाई बुझाएको इजरायली सेना (आईडीएफ) ले बताएको छ। सैन्य सुरक्षामा रहेको उक्त कफिनलाई इजरायलतर्फ पठाइएको छ र अब तेल अभिभमा औपचारिक पहिचान गरिनेछ।
यदि पहिचान पुष्टि भएमा, हमासले यस महिनाको सुरुमा अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत २८ मृत बन्धकमध्ये १५ जनाको शव हस्तान्तरण गरेको हुनेछ। जीवित रहेका सबै २० बन्धकहरू सम्झौता पछि तुरुन्तै रिहा भएका थिए।
हमासले शवहरू पत्ता लगाउन गाह्रो भएको कारणले गर्दा यसअघिको हस्तान्तरणमा गल्तीले एक प्यालेस्टिनीको शव पनि दिएको बताएको थियो। इजरायली सेनाले सार्वजनिक रूपमा ‘संवेदनशीलताका साथ काम गर्न’ आग्रह गरेको छ।
सम्झौता अन्तर्गत, इजरायलले २५० प्यालेस्टिनी कैदी र १,७१८ गाजा बन्दीहरूलाई रिहा गरिसकेको छ, र प्रत्येक इजरायली बन्धकको शवका लागि १५ प्यालेस्टिनीको शव फिर्ता गरेको छ। हमासले गाजामा इजरायली बमबारीले भत्काएका भवनहरूको भग्नावशेषमुनि शवहरू फेला पार्न कठिनाइ भइरहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०५ कार्तिक २०८२, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला
मर्स्याङ्दी किनारमा शव फेला
नवलपरासीमा बेवारिसे शव भेटियो