काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा छानिछानी व्यक्तिका घर जलाउने र लुट्टे काम भएको बताउनुभएको छ ।
जेनजी आन्दोलनका नाममा आगजनी र लुटपाट गरिएको बालकोट स्थित आफ्नो घरको अवलोकन गर्दै ओलीले एक/दुई जनाले उचाल्न समेत नसक्ने मूर्तिहरू समेत लुटेर लगिएको बताउनुभयो । आफ्नो घरमा थुप्रै उपहार प्राप्त चिजहरू रहेका र ती पनि चोरेर लगिएको उहाँले सुनाउनुभयो । ‘खास आपराधिक समूहले यस कुरामा उद्योग गरिरहेको थियो, सकेका थिएनन्, यो प्रयास धेरै अगाडिदेखि थियो’, उहाँले भन्नुभयो ।
एमालेको नेता कार्यकर्ताको घर देशैभरि जलाइएको बताउँदै ओलीले त्यसको लागि पहिलादेखि नै तयारी भएको बताउनुभयो । पहिला पनि सिंहदरबार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाउन आह्वान गरिएको र यस पटक उनीहरूको योजना सफल भएको ओलीले बताउनुभयो । ‘यो नेपालका विरुद्ध भयानक षडयन्त्र थियो’, उहाँले भन्नुभयो ।
देशैभरि जेनजीका नाममा हत्या, हिंसा, ध्वंसात्मक क्रियाकलाप भएका उहाँले सुनाउनुभयो । शान्ति क्षेत्र भनिएका विद्यार्थीलाई समेत आन्दोलनमा खुलेआम दुरुपयोग गरिएको ओलीले बताउनुभयो ।
लुटपाट गर्नेहरू विदेशबाट आएका नभई देशकै भएका ओलीले बताउनुभयो । उनीहरू मध्ये कतिपयको पहिचान भइसकेको र पहिचान हुने क्रम समेत जारी रहेको भए पनि उनीहरूलाई कारबाही गर्न सरकार तयार नरहेको ओलीको भनाइ छ ।
गृह मन्त्रीको मनसाय र गन्तव्य उहाँको सार्वजनिक मन्तव्यले देखाएको ओलीले बताउनुभयो । लुटपाट, आगजनी र त्यसको पक्षमा उहाँहरूको मनोभाव देखिन्छ, जसको क्षति भएको छ, जसलाई मार्का परेको छ, सरकार उसैको दुश्मन बनेको छ, त्यस माथि म माथि अझ धेरै दुस्मनी साँध्दै छ, मलाई गम्भीर आशङ्का छ–सरकार माथि’, उहाँले भन्नुभयो ।
उहाँले देशमा एमाले भएको बताउँदै अपराध गर्नेलाई एमालेले नछाड्ने बताउनुभयो । भ्रष्टाचार, अनियमितता र कानुनविहीनता एमालेले रोकेरै छाड्ने ओलीले स्पष्ट पार्नुभयो ।
उहाँले जसले ध्वंस मच्चाएको छ, जसले घरका सामान लुटिएका छन् उनीहरूलाई कारबाही हुनु पर्ने र पीडितले न्याय पाउनु पर्ने बताउनुभयो । यसको लागि पीडित कानुनी उपचारमा पनि जाने उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी