काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने बताएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
निर्वाचन आयोगका रहेका पात्रहरूले झुलाउने/अल्झाउने काम गर्न सक्ने र त्यसो भएमा अविश्वासको वातावरण सिर्जना गर्न सक्ने उनले बताए ।
सर्वदलीय बैठकमा पार्टीले राखेका विषयहरू डा. वाग्लेले सामाजिक सञ्जालमा समेत राखेका छन्। जहाँ उनले निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने उल्लेख गरेका छन् ।
आगामी दिनमा शासकीय वैधताको स्रोतको पुनर्ताजगीका लागि पार्टीका अपेक्षा हो भन्दै उनले भनेका छन्, ‘शान्ति–सुरक्षा र अमनचैन। भाद्र २३ को नरसंहार र भाद्र २४ को हिंसा-आगजनीबारे छानबिन।’
प्रहरी मनोबल उच्च राख्न साधन-स्रोतको परिचालन एवं आसन्न नेतृत्व चयनमा मेरिटोक्रेटिक निर्णय । रास्वपा विरुद्ध ११ महिना षडयन्त्र गर्ने निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने ।’ यी लगायत पाँच बुँदा डा. वाग्लेले सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा रास्वपाको नजर किन ? यस्ता छन् कारण
दल बदलेर रास्वपाबाट उम्मेदवार बन्नेको लर्काे
झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप
रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
बालेनले काठमाडौंको मेयरबाट आजै राजीनामा दिदै
उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै