काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी अभियानअन्तरगत जारी विशेष प्रशिक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सबै प्रदेशमा प्रशिक्षण तथा भेला सम्पन्न गरिसकेको माओवादीले बुधबार प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रम राखेको छ ।
माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका नेता कार्यकर्ताका लागि बुधबार साँझ भर्चुअल माध्यममार्फत अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए ।
माओवादी केन्द्रको युरोप र अमेरिकासहित विभिन्न देशमा शुभेच्छुक संस्थाको रुपमा जनप्रगतिशील मञ्च अस्तित्वमा रहेका छन् । ती मञ्चका नेता तथा अगुवा कार्यकर्तालाई अध्यक्ष प्रचण्डले चुनाव केन्द्रीत राजनीतिक प्रशिक्षण दिनेछन् ।
माओवादी केन्द्रले यसअघि नै बागमती प्रदेशमा फागुन २५ गते, कर्णाली प्रदेशमा फागुन २७ गते, प्रदेश १ मा फागुन २९ गते, सुदूरपश्चिम प्रदेशमा फागुन ३० गते, उपत्यका विदेश र सम्पर्क समन्वय कमिटीमा चैत २ गते, लुम्बिनीमा चैत ३ गते, गण्डकीमा चैत ६ गते र मधेस प्रदेशमा चैत ८ गते प्रदेश भेला र प्रशिक्षण दिइसकेको छ। ती सबै प्रशिक्षणमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षणमार्फत माओवादीले गठबन्धन बनाएर भन्दा पनि आफ्नै तागतमा स्थानीय चुनावमा जानुपर्नेमा जोड दिँदै आएको छ । परिवर्तनको नेतृत्व माओवादीले गरेकाले परिवर्तनविरोधी तत्त्वहरुलाई सक्रिय हुन नदिनका लागि पनि पार्टीले जित्नुपर्ने बताउँदै आएको छ । गत केन्द्रीय समिति बैठकबाट माओवादीले २ महिने चुनावी कार्यक्रम तय गरेको थियो । सोहीअनुसार पहिलो चरणमा प्रशिक्षणसहितका कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने
माओवादी मधेश प्रदेश संसदीय दलको नेतामा पुनः भरत साह नियुक्त
खाेटाङका माओवादी सांसद पासाङको आरोप– “सुदन किराँती भ्रष्ट छन्”