काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०८२, २१ : ०९
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’

काठमाडौं। काठमाडौं–२ का जनताले चितवन–३ का जनतालाई सुझाव दिएका छन् सुझावमा काठमाडौं २ का जनताले ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’ भन्दै फिल्ड रिपोर्टीङ्को क्रममा आफ्नो धारणा व्यक्त गरेका छन्।

विगतमा परिवर्तनको आशामा दिएको मतअनुसार अपेक्षित काम हुन नसकेको भन्दै मतदाताहरूले निराशा व्यक्त गर्न थालेका छन्।

स्थानीय एक महिला मतदाताले विगतमा आफूहरूले भरोसा गरेका व्यक्तिबाट ठोस काम नदेखिएको गुनासो गर्दै मतदातालाई सचेत रहन आग्रह गरिन्। उनका अनुसार ‘नयाँ अनुहार’ भन्ने नाममा गरिएको चुनावी प्रचार व्यवहारमा परिणाममुखी हुन नसक्दा जनतामा विश्वास कमजोर बन्दै गएको छ।

फिल्डमा गरिएको प्रतिक्रियामा अन्य केही मतदाताहरूले पनि चुनावी प्रतिबद्धता र व्यवहारबीच अन्तर देखिएको बताएका छन्। उनीहरू आगामी निर्वाचनमा भावनाभन्दा पनि उम्मेदवारको विगतको काम, जिम्मेवारी र जवाफदेहितालाई आधार बनाएर मत दिने तयारीमा छन्।

यसैबीच चितवन–३ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई पुनः विजयी गराउनुपर्ने अपिल सार्वजनिक रूपमा उठ्न थालेको छ। स्थानीय समर्थकहरूले विकास र निरन्तरताका लागि दाहाललाई फेरि अवसर दिनुपर्ने धारणा राख्दै आएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा देशका विभिन्न निर्वाचन क्षेत्रमा मतदाताको असन्तुष्टि, समर्थन र अपेक्षाहरू खुल्दै गएका छन्। यसले चुनावी माहोललाई थप चर्काउँदै लगेको छ भने राजनीतिक दल र उम्मेदवारहरूका लागि मतदाताको भरोसा जित्नु मुख्य चुनौती बनेको छ।

 

काम भन्दा आस्वासन धेरै !

काठमाडौं–२ का स्थानीय बासिन्दाहरूले प्रतिनिधि सभा सदस्य सोविता गौतमले निर्वाचनपछि उल्लेख्य काम गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले विकास र जनसरोकारका विषयमा ठोस उपलब्धि देखिन नसकेको बताउँदै आश मात्र देखाइएको आरोप लगाएका छन्।

स्थानीयवासीका अनुसार चुनावका बेला गरिएका प्रतिबद्धताहरू कार्यान्वयन हुन नसक्दा जनतामा निराशा बढेको छ। “भाषण र आश्वासन धेरै भए, तर व्यवहारिक काम देखिएन,” एक स्थानीयले बताए।

 

प्रतिक्रिया दिनुहोस