चितवन। अखिल क्रान्तिकारीले शुल्कका नाममा विद्यार्थीहरूको परीक्षा अधिकार खोस्नु संविधान, मानव अधिकार र बाल अधिकारविपरीत भएको ठहर गर्दै कडा आपत्ति जनाएको छ।
संगठनले चितवन जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूले आन्तरिक परीक्षा लिने बहानामा मासिक शुल्क अग्रिम भुक्तानी नभएको भन्दै विद्यार्थीहरूलाई परीक्षा दिन नदिने, कक्षा–कोठाबाट बाहिर निकाल्ने तथा मानसिक यातना दिने कार्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको केन्द्रका रूपमा परिचित अखिल क्रान्तिकारीले आफू सधैं विद्यार्थीहरूको हक–हित र न्यायका पक्षमा संघर्षरत रहेको जनाएको छ। संगठनका अनुसार यस प्रकारका गतिविधिहरूले विद्यार्थीको भविष्यमा गम्भीर असर पार्ने भएकाले यस्ता अवैध र अमर्यादित कार्यहरू तुरुन्त बन्द गर्न सम्बन्धित सबै शैक्षिक संस्थाहरूलाई आग्रह गरिएको छ।
यदि संगठनको यस आग्रहलाई बेवास्ता गरी भविष्यमा पनि विद्यार्थीहरूलाई अपमान गर्ने, मानसिक यातना दिने वा परीक्षा अधिकारबाट वञ्चित गर्ने कार्यहरू जारी रहेमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित शैक्षिक संस्थाहरूले नै वहन गर्नुपर्ने अखिल क्रान्तिकारीले स्पष्ट पारेको छ। साथै, आवश्यक परेमा संगठन कडा संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी