रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

सफल खबर संवाददाता

बुधबार, ०६ फागुन २०८२, ०९ : ११
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

चुनावी घरदैलोमा रहेका नेकपा नेता वर्षमान पुन अनन्तले सुनछहरी गाउँपालिका ६ फगाममा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पुन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन्।

विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना र मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला सदस्य भुलबहादुर पुन पार्टी प्रवेश गरे । पुन ०८९ मा वडाअध्यक्षका उम्मेदवार थिए ।

यसअघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिना नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

नेता पुनले नवप्रवेशीलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिने बताए । यस्तै उनले जिल्लाको विकासका लागि थालिएका चालु योजना सम्पन्न गर्न सहजीकरणका लागि आफूलाई मत दिएर जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस