काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए । यसका लागि तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।
कार्यक्रममा उनले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उनले पनि भोट नदिने दावी गरे । यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी पनि गरे । अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिए । उनले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गरे ।
उनले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताए । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए । उनले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
एमालेको अस्तित्व मेटाउन खोज्नेहरू असफल भइसके : केपी ओली
पार्टीभित्रै एक्लिदै ओली !
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव