च्याम्पियन्स लिगको ड्र सार्वजनिकः चेल्सी र रियल भिड्ने

सफल खबर संवाददाता

शुक्रबार, ०४ चैत्र २०७८, १७ : ११
च्याम्पियन्स लिगको ड्र सार्वजनिकः चेल्सी र रियल भिड्ने

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ । 

यूईएफएको मुख्यालय न्योनमा भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेश गर्ने भिड्ने भएका छन् ।

त्यस्तै, म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडसँग खेल्नेछ । स्पेनी क्लब भिल्लारियलले बायर्न म्युनिखको सामना गर्नेछ । अन्तिम क्वाटरफाइनलमा पोर्चुगलको बेन्फिका र लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस