एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले रियल म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका तीनै गोल पहिलो हाफमा भए । रियल म्याड्रिडका लागि खेलको २८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटमै सिटीका लागि ओ राइल्लीले बराबरी गोल फर्काएका हुन् ।
खेलको पहिलो हाफमै बराबरी गोलको दबाबमा परेको रियलले ४३ औं मिनेटमा थप गोल खाएको हो । सिटीका लागि रियलविरुद्ध यो निर्णयक गोल स्टार स्ट्राइकर एरलिङ हालान्डले पेनाल्टीमार्फत् गरे ।
पहिलो हाफमै पछाडि परेको रियलले दोस्रो हाफमा कमब्याक गर्न नसक्दा घरेलु मैदानमै २–१ ले पराजित भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ मंसिर २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो हार
च्याम्पियन्स लिग : मड्रिड चार शून्यले विजयी
च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि आर्सनलको जित
च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा
च्याम्पियन्स लिग: बार्सिलोना र पीएसजी सेमिफाइनलमा
च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा