च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो हार

एजेन्सी

बुधबार, १० मंसिर २०८२, ०७ : ०२
च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो हार

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई नमिठो हार चखाएको छ।

खेलमा आत्मघाती गोल र रातो कार्ड खाएको बार्सिलोनामाथि चेल्सीले ३–० को शानदार जित निकालेको हो।

खेलको २७ औं मिनेटमा जुल्स कुनडेको आत्मघाती गोलसँगै चेल्सीले अग्रता लिएको थियो। खेलको ४४ औं मिनेटमा दोहोरो पहिलो कार्ड खाँदै बार्सिलोनाका रोनाल्ड अराउजोले मैदान छोडेका थिए।

१० खेलाडीमा सीमित बार्सिलोनामाथि दोस्रो हाफमा चेल्सी हाबी भएको हो। उसका लागि ५५ औं मिनेटमा एस्टेवाओ र ७३ औं मिनेटमा लियम डेलापले गोल गर्दै ३-० को शानदार जित दर्ता गरेका हुन्।