दाङ । लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्यरुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म लागुऔषध कारोबारमा संलग्न २ हजार ९ सय ९८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशी नागरिक समेत रहेका छन् ।
चार वर्षको अवधिमा १ सय ११ विदेशी नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका विदेशीहरु सबै पुरुष रहेका छन् ।
प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका करिब ३ हजार कारोबारी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी केदार घिमिरेले जानकारी दिए ।
चालुवर्षको करिब सात महिनाको अवधिमा मात्रै ३ सय ८२ पुरुष र २५ जना महिला लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०७५/७६ मा १ हजार २ सय ११ जना पक्राउ परेका छन् भने आर्थिक वर्ष २०७६/७७ मा ८ सय २ जना कोरोबारी पक्राउ परेका छन् । यसैगरी आर्थिक २०७७/०७८ मा ५ सय ७९ जना र चालु आर्थिक वर्षको माघ अन्तिमसम्म ४ सय ७ जना पक्राउ परेका छन् । प्रदेशमा चार वर्षको अवधिमा २ हजार ८ सय ५ जना पुरुष रहेका छन् भने १९३ जना महिला पक्राउ परेको प्रवक्ता घिमिरेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
लागुऔषध गाँजासहित दुईजना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ