काठमाडौं । लामो समय पछि आज सेयर बजारमा झिनो अंकको सुधार आएको छ । १२ दिनदेनि निरन्तर घटेको सेयर बजार आज १.५५ अंकले वृद्धि भएको छ । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा पुगेको छ ।
२ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ आज सेयर कारोबार भएको छ । २ सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर कारोबार भएको हो । शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज २७ करोड ६९ लाख ३२ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।
बुद्धभूमि नेपाल सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । आज सो कम्पनीको ५.८९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार