काठमाडौं । लामो समय पछि आज सेयर बजारमा झिनो अंकको सुधार आएको छ । १२ दिनदेनि निरन्तर घटेको सेयर बजार आज १.५५ अंकले वृद्धि भएको छ । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा पुगेको छ ।
२ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ आज सेयर कारोबार भएको छ । २ सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर कारोबार भएको हो । शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज २७ करोड ६९ लाख ३२ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।
बुद्धभूमि नेपाल सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । आज सो कम्पनीको ५.८९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से