घट्यो सेयर बजार, बढ्यो कारोबार

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, १५ : ५४
घट्यो सेयर बजार, बढ्यो कारोबार

काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंक घटेको हो । सो कमीपछि नेप्से २७३३ अंकमा झरेको छ ।

दिउँसो १ : २२ बजे नेप्से आजको न्यूनतम अंक २७०२ अंकसम्म झरेकोमा त्यसपछि सम्हालिएको हो । अघिल्ला तीन कारोबार दिन बजार लगातार घटिसकेको छ । बिहीबार १३, शुक्रबार ११ तथा सोमबार २० अंकले नेप्से घटेको थियो ।

आज कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ४ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४४ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो।

प्रतिक्रिया दिनुहोस