काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ । नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजार स्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका हुन् ।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन् ।
मन्त्रीको उक्त अभिव्यक्तिले विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसुर गर्न दुरुत्साहन दिने र द्धन्द फैलाउने जाहेरीमा उल्लेख छ । कानुनअनुसार हदैसम्मकोे कारबाहीको माग गरी उक्त जाहेरी दरखास्त हुलाकमार्फत रौतहट प्रहरीकोेमा पठाएको दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ माघ २०७८, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ