काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि राष्ट्रियता र देशभक्ति भावना जागृत गर्न सबै नेपालीमा आह्वान गरेका छन् ।
तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न खबरदारी आवश्यक रहेको उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ– ‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ ।’
विभिन्न समुदायका यसप्रकारका सांस्कृतिक पर्वहरुले नेपालीहरु बीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यवद्धतामा सघाउ पुर्याउने प्रचण्डको विश्वास छ । अध्यक्ष प्रचण्डले कूल पूजा, प्रकृति पूजा गर्दै मिठो मसिनो खाएर रमाइलो गर्दै तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउने गरेको स्मरण पनि गरेका छन् ।
परम्परागत र सांस्कृतिक महत्वका साथ तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वले सबै नेपालीमा सुख, शान्ति र समृद्धि पथमा लम्किरहन प्रेरणा मिलोस् भन्ने कामना पनि प्रचण्डले गरेका छन् । यसैबिच सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र अन्य राजनीतिक दलका नेताहरुले पनि शुभकामना सन्देश दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?