प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, ०९ : ०९
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र दिवसका दिन शैनिक मञ्चमा आयोजित कार्यक्रममा देखिएनन । त्यही दिन सरकारले आथिर्क वर्ष २०८३/०८४ का लागि संसदमा सार्वजनिक गरिएको बजेटका बेला पनि उनी त्यहाँ देखिएनन ।

प्रचण्ड तिनै नेता हुन्, जसले दश वर्षसम्म कठिन जनयुद्दको नेतृत्व गरेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन भूमिका खेलका नेता हुन् । त्यस्तै उनी अहिलेको संसदमा निर्वाचित एक मात्र पूर्व प्रधानमन्त्री पनि हुन् । यस अर्थमा सैनिक मञ्चको गणतन्त्र दिवसको कार्यक्रम देखि संसदको बजेट भाषणसम्म प्रचण्डको उपस्थिती अपेक्षित थियो । तर उनी देखिएनन । त्यसपछि धेरैलाई लाग्न थाल्यो, जेठ १५ मा प्रचण्ड कहाँ छन् ? 

उनी आफनो स्वास्थ्यमा देखिएको समस्याका कारण शैनिक मञ्चको कार्यक्रम देखि बजेट भाषणका बेला संसद सम्म नगएका रहेछन् । उनी शनिबार अस्पताल नै भर्ना भएपछि मात्र उनी विरामी रहेको तथ्य सार्वजनिक भयो ।  प्रचण्ड केही दिन देखि नै विरामी भएको उनको सचिवालयले जनाएको छ । शनिबार बिहान प्रचण्डलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार संयोजक प्रचण्डको स्वास्थ्यमा दुई-तीन दिन यता समस्या देखिएको थियो। 

'दुई तीन दिनदेखि ज्वरो र रूघाखोकी थियो। निमोनियाको लक्षण देखिएका कारण केही दिन राखेर उपचार गराउने भनेर भर्ना गरिएको हो,' आचार्यले भने । प्रचण्ड अपस्ताल भर्ना भएपछि उनको स्वास्थ्यमा सुधार हुदै जान थालेको छ ।  आज बिहानै अस्पताल पुगेका नेकपाका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशीखाले प्रचण्डको स्वास्थ्य अवस्था सुधार हुदै गएको बताएका छन् ।

 ‘स्वास्थ्य अबस्था सुधारोन्मुख छ, हल्का निमोनिया देखिएपछि अहिले उपचार चलिरहेको छ। भोलिसम्म हस्पिटलमै बसेर डिस्चार्ज हॅुदै हुनुहुन्छ । ’ दीपशिखाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस